नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले चितवनको भरतपुर नगरपालिकामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एउटा कुर्सी खरिद गरेको छ।
धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट निर्माण गरिरहेको रगंशालामा एनएनआईपीएले आफ्नो नाममा एउटा कुर्सी खरिद गरेको हो।
काठमाडांैमा शुक्रबार आयोजित कार्यक्रममा एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेल धुर्मुसलाई कुर्सीबापतको १ लाख रुपैयाँ हस्तान्तरण गरे।
एनएनआईपीएले निर्माण चरणको अघिदेखि नै फाउन्डेसनलाई आफ्नोतर्फबाट साथ दिँदै आएको उल्लेख गर्दै रंगशालालाई खेलाडीको आस्थाको मन्दिरका रुपमा लिएको जनाएको छ।
रंगशाला निर्माणका लागि सबैलाई आआफ्नोतर्फबाट सक्दो सहयोगका लागि समेत एनएनआईपीएले आग्रह गरेको छ।
गत फागुन ८ गते आयोजना भएको १७औँ एनएनआईपीएल स्पोर्ट्स अवार्डबाट बचत भएको रकमबाट एनएनआईपीएले रंगशालामा कुर्सी खरिद गर्दै निर्माण अभियानमा आर्थिक रुपमा सहयोग गर्न लागेको जनाएको छ।
यसअघि पनि एनएनआईपीएले निर्माणका लागि सहयोग गरेको थियो।
२०७६ फागुन १५ गते काठमाडौंको एक हलमा सेन्टी भाइरसको प्रिमियर सो आयोजना गर्दै त्यसबाट बचत ६० हजार रुपैयाँ फाउन्डेसनलाई हस्तान्तरण गरेको थियो।
Shares

प्रतिक्रिया