क्याडिजलाई हराउँदै डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार राति भएको खेलमा क्याडिजलाई ३–० ले पाखा लगाउँदै रियल शीर्ष स्थानमा पुगेको हो। रियलको जितमा फरवर्ड करिम बेन्जेमाले दुई तथा अल्भारो ओर्डिजोलाले एक गोल गरे।
सबै गोल लिगको पहिलो हाफमा सम्भव भएको थियो। रियलले ३२ खेलबाट ७० अंक जोडेको छ। एक खेल कम खेलेको एथ्लेटिकोको ७० अंक नै रहे पनि हेड-टु-हेडमा पछि परेको छ। पराजित क्याडिज ३६ अंक जोडेर १३औं स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा सेभिल्लाले लेभान्तेलाई १–० ले हराउँदै तालिकको तेस्राे स्थानमा उक्लेको छ। बार्सिलोना भने चौथो स्थानमा झरेको छ।
उता रियल बेटिसले एथ्लेटिको बिल्वाओसँग गोलरहित बराबरी खेले पनि पाँचौ स्थानमा उक्लदाँ बिल्वाओ पनि १०औं स्थानमा उक्लेको छ। भिल्लाारियल भने छैटौँ स्थानमा झरेको छ।
भ्यालेन्सियालाई ३–१ ले पराजित गरेको ओसासुना आठौँ स्थानमा उक्लेको छ। एल्चेसँग बराबरी गरेको रियल भल्लाडोलिड भने २८ अंक जोड्दै रेलिगेसन जोडबाट बाहिर आएको छ। एल्चे भने रेलिगेसन जोन नै छ।

प्रतिक्रिया