तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालले सातौँ ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन्।
नेदरल्यान्डका ट्विटर सिलरले मल्ललाई आउट गरेका हुन्। १४ बल सामना गरेका मल्लले दुई चौका र एक छक्कासहित २० रन जोडे।
यसअघि दोस्रो ओभरमा नेपालका ओपनर आशिफ शेख शून्य रनमै आउट भएका थिए।
क्रिजमा अहिले उपकप्तान दिपेन्द्र सिंह ऐरी आएका छन्।
आठौँ ओभरको खेल सकिँदा नेपालले २ विकेट क्षतिमा ७२ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया