राजनीति


भारतको महाकुम्भबाट फर्किएका पूर्वराजा दम्पतीलाई कोरोना संक्रमण

भारतको महाकुम्भबाट फर्किएका पूर्वराजा दम्पतीलाई कोरोना संक्रमण

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ७:५८,

पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

संक्रमण पुष्टि भए पनि उनीहरु होम आइसोलेसनमै रहेको सुरक्षा स्रोतले जनाएको छ।

पूर्वराजा शाह भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएका थिए।

शाहलाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो। उनलाई शाही स्नानको लागि स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिएका थिए।

हाल सोही मेला कोरोना भाइरसको हटस्पट बनेको देखिएको छ। दुई महिनासम्म यो मेला चल्नेछ। तर उक्त मेलामा पुगेका १५ सय बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad