खेल


त्रिदेशीय सिरिज क्रिकेटका बाँकी खेलमा अब दर्शक जान नपाउने

त्रिदेशीय सिरिज क्रिकेटका बाँकी खेलमा अब दर्शक जान नपाउने

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १४:२२,

कीर्तिपुर स्थित क्रिकेट मैदानमा जारी त्रिदेशीय सिरिज क्रिकेटका बाँकी खेलमा अब दर्शक जान नपाउने भएका छन्।

कोरोना महामारी बढेसँगै सरकारले दर्शकसहितको खेलकुद प्रतियोगिता संचालन गर्न नपाउने आदेश जारी गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकलाई प्रवेश निषेध गरेको हो।

क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले एक विज्ञप्ति जारी गर्दै अबका खेल दर्शकविहीन हुने बताए।

यो निर्णयसँगै नेपाली क्रिकेटका समर्थकहरुमा पर्न जाने असुविधाप्रति क्यानले क्षमा मागेको छ।
शनिबारदेखि सुरु भएको त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड र मलेसियाबीच खेल भइरहेका छन्।

सोमबार पहिलो चरणका खेल सकिँदा नेपाल दुई जीतसहित शीर्ष स्थानमा छ। नेदरल्यान्डले मलेसियालाई हराएको छ भने मलेसियाले दुवै खेल हारेको छ।

मंगलबार नेपाल र नेदरल्यान्डबीच अर्को खेल हुँदैछ।

 cricket can

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad