राजनीति


राप्रपाले थप्यो सक्रिय सदस्यता वितरण गर्ने म्याद

राप्रपाले थप्यो सक्रिय सदस्यता वितरण गर्ने म्याद

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १४:६,

राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ।

राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षता तथा अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी समेतको उपस्थितिमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद अन्तिम पटकको लागि २०७८ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको हो।

यस्तै, जिल्ला तहसम्मको अधिवेशन २०७८ वैशाख मसान्तसम्म गर्ने निर्णय गरिएको पनि राप्रपाले जनाएको छ।

यसैगरी, प्रदेश कार्य समितिको निर्वाचन २०७८ जेठ ७ गतेसम्म गर्ने, महाधिवेशन प्रतिनिधि निर्वाचन २०७८ जेठ १० गतेसम्म गर्ने र केन्द्रीय महाधिवेशन २०७८ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिएको सचिवालय प्रमुख भास्कर भद्रा र ध्रुबबहादुर प्रधानद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad