ad ad

खेल


सन्दीपले नेपाललाई दिलाए पाँचौँ सफलता, मलेसिया दबाबमा

सन्दीपले नेपाललाई दिलाए पाँचौँ सफलता, मलेसिया दबाबमा

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ८:३०,

सन्दीप लामिछानेले नेपाललाई पाँचौं सफलता दिलाएका छन्।

टोलीको ११औं ओभरमा व्यक्तिगत तेस्रो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा सफिक सरिकलाई बोल्ड गरेका हुन्।

सफिकले १३ बलमा एक चौका र एक छक्कासहित १५ रन जोडे।

यसअघि सातौँ ओभरको अन्तिम बलमा सोमपाल कामीले मलेसियाका धिरन दीप सिंहलाई बोल्ड गर्दा आठौँ ओभरको पाँचौँ बलमा दिपेन्द्र सिंह ऐरीले नेपाललाई चौथो सफलता दिलाए।

यसअघि मलेसियाका ओपनर अन्वर अरुद्दिन १ दशलव ४ ओभरमा नै ८ रन जोड्दा पवेलियन फर्के। उनी करण केसीको बलमा आउट भए।

तेस्रो ओभरको दोस्रो बलमा मलेसियाका कप्तान अहमद फैज रन आउट भएका थिए।

योसँगै मलेसियाको ५ विकेट खसेको छ। ११.१ ओभर सकिँदा मलेसिया ५ विकेट क्षतिमा ७३ रनमा खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .