नेकपा माओादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै प्रदेश सरकारमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा पनि दिएका छन्।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रदेश सरकारमा रहेका मन्त्रीहरुले राजीनामा दिनुभएको छ,’ प्रदेशका सांसद कृष्णध्वज खड्काले नेपालखबरसँग भने।
नेकपा माओवादी केन्द्रले सो प्रदेशमा दलका नेता रहेका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभामा दर्ता गराइसकेका छन्।
अविश्वासको प्रस्तावमा ४१ जना सांसदले हस्ताक्षर गरेका छन्।
यो पनिः
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसी प्रस्ताव
प्रतिक्रिया