खेल


१२ क्लबको नेतृत्वमा युरोपेली सुपर लिग आयोजना हुने

१२ क्लबको नेतृत्वमा युरोपेली सुपर लिग आयोजना हुने

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ६:२०,

आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड र टोटनह्यामसहित १२ क्लबको नेतृत्वमा युरोपेली सुपर लिग (ईएसएल) हुने भएको छ।

लिगमा युरोपयिन फुटबल, प्रिमियर लिगका क्लव एसी मिलान, एथ्लेटिको मड्रिड, बार्सिलोना, इन्टर मिलान, युभेन्टस र रियल मड्रिड पनि सहभागी हुनेछन्।

ईसएललका अनुसार लिगका सबै खेलहरु मध्यसातामा हुने र सबै सहभागी टोलीले आफ्नो राष्ट्रिय लिगमा भने निरन्तर सहभागिता जनाउन सक्नेछन्।

यस्तै आफुहरु पुरुषहरुको प्रतियोगितापछि महिलाहरुको प्रतियोगिता पनि चाँडोभन्दा चाँडो गर्ने योजनामा रहेको उसले जनाएको छ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज इएसएलको पहिलो अध्यक्ष समेत रहेका छन्।

उनले भने, ‘यो लिगले सबैखाले प्रतियोगितालाई सहयोग पुग्नेछ।’

उता विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले भने यसअघि नै समानान्तर प्रतियोगितालाई मान्यता नदिने बताइसकेको छ। यस्तो प्रतियोगितामा सलंग्न भए कुनै पनि खेलाडीलाई विश्वकपका खेल्न नदिने उल्लेख गरिसकेको छ।

यस्तै युरोपको नियामक निकाय यूईएफएले पनि क्लबहरुलाई कुनै किसिमको समानान्तर प्रतियोगितामा सहभागी भए खेलाडीहरुले अन्य घरेलु, युरोपेली र विश्व स्तरका खेलहरु खेल्न नपाउने बताएको थियो। साथै ती खेलाडीले राष्ट्रिय टोलीबाट पनि खेल्न नपाउने सम्भावना रहने प्रष्ट पारिसकेको छ। ।

तर इएसएलले भने संस्थापक क्लबहरुले फिफा र यूईएफएसँग आवश्यक समन्वय गर्ने र फुटबलकै राम्रोका लागि यो लिग गठन गरिएको जनाएको छ।

लिगमा २० क्लव सहभागी हुनेछन्। संस्थापक टोली १२ र बाँकी ३ टोली गरी १५ टोलीले लिग खेल्नेछन् भने बाँकी ५ टोली घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्ने टोली छनोट हुनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ।

लिग चरणको शीर्ष ३ टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन्। यस्तै चौथो र पाँचौ टोलीले भने प्लेअफ खेल्दै अन्तिम ८ मा स्थान बनाउनेछन्। दुई लेगको क्वाटरफाइनल र सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ। फाइनल मे महिनामा कुनै एक न्युट्रल भेन्युमा गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .