त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गतको तेस्रो खेलमा आज सोमबार घरेलु टोली नेपाल र मलेसिया खेल्दै छन्।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ।
नेपाल कप्तान ज्ञानेन्द्र मल्ल र मलेसिया अहमद फैजको कप्तानीमा मैदान उत्रनेछन्।
पहिलो खेलमा जित हात पारेको घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछन। उता पहिलो खेलमा पराजित मलेसिया भने नेपाललाई उसकै मैदानमा पराजित गर्दै पहिलो जित निकाल्न चाहान्छ।
घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको थियो। सिरिजको दोस्रो खेलमा मलेसिया भने नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो।
हेड टु हेड
नेपाल र मलेसियाबीच टि–२० आईमा चार खेल भएका छन्। अघिल्ला ३ खेलमा लगातार जित निकाल्दा पछिल्लो एक खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।
नेपाल गत फेब्रुअरीमा थाइल्यान्डमा थाइल्याण्डमा भएको एसिसी इस्टर्न रिजन एसिया छनोटमा पराजित भएको थियो। सो खेलमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको थियो। नेपाललाई त्यो हारको बदला लिने समेत मौका छ।
यसअघि सन् २०१९ मा नेपालले मलेसियालाई क्लवालामपुरमा ७ विकेट र ६ रनले पराजित गरेको थियो। यस्तै २०१९ मा नै सिंगापुरमा भएको टि–२० विश्वकप एसिया रिजनल छनोटमा नेपालले मलेसियालाई ७ विकेटले नै पराजित गरेको थियो।
प्रतिक्रिया