राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य तथा भलिबलकी पूर्वखेलाडी इन्दिरा निरौलाले नेपाल भलिबल संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छिन्।
भलिबल सघंको आगामी निर्वाचनमा अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले उम्मेद्वारी दिने अवस्था नभएमा वा नदिएको खण्डमा उपयुक्त पात्र आउन नसक्ने अवस्था सृजना हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आफूले उम्मेदवारी दिने निरौलाले बताइन्।
नेपालखबरसँगको कुराकानीमा पूर्वभलिबल खेलाडीसमेत रहेकी निरौलाले नयाँ वर्षसँगै नयाँ नेतृत्वले भलिबल खेलको भविष्य निर्धारण गर्ने भएकोले पनि यो वर्ष भलिबल खेलप्रेमीका लागि निकै महत्व राख्ने बताइन्।
संघ बलियो भएमा तथा संघमा रहने मान्छेहरू स्वच्छ, इमान्दार, भलिबल खेल बुझेका तथा सहयोगी मनका पदाधिकारीको आगमन भएमात्रै नेपाली भलिबल खेलले थप उचाइ प्राप्त गर्न सक्नेछ भनेर आफू उम्मेदवारी दिने मनसायमा पुगेको निरौलाले बताइन्।
यसअघि भलिबल सघंकी उपाध्यक्ष निराेज मास्केले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन्। सघंको क्यालेन्डर अनुसार जेठको अन्तिम र असार पहिलो सातामा निर्वाचन गर्ने तालिका छ।
भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले भने कार्यकाल नदोहाराउने यसअघि बताइसकेका छन्।
Shares

प्रतिक्रिया