नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मुस्लिम समूदायलाई रमजानको शुभकामना दिएका छन्।
बुधबार ट्वीट गर्दै अध्यक्ष प्रचण्डले मुस्लिम समूदायको परिवत्र महिना रमजानको शुभकामना दिएका हुन्।
‘नयाँ वर्ष २०७८ को सुरुवातसँगै आजबाट सुरु भएको मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन्।
3
Shares

प्रतिक्रिया