ad ad

खेल


प्रदेशस्तरीय यू-१६ क्रिकेट : दाङ र रुपन्देही फाइनलमा

प्रदेशस्तरीय यू-१६ क्रिकेट : दाङ र रुपन्देही फाइनलमा

प्रकाश न्यौपाने
चैत २७, २०७७ शुक्रबार ११:३१,

दाङ र रुपन्देही भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सेमिफाइनलमा दाङले रोल्पालाई ८३ रन र रुपन्देहीले पाल्पालाई ९९ रनले पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।

सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस हारेर व्याटिङको निम्तो पाएको दाङले ८ विकेटको क्षतिमा १३२ रनको योगफल बनायो। उसका लागि आशिष ओलीले ४०, मनोज पुनमगरले ३६ र केरमान घर्तीमगरले १३ रन जोडे। बलिङमा रोल्पाका अजय डाँगी, प्रवेश गिरी र किसन भारतीले समान २र२ विकेट लिए।

जवाफी ब्याटिङमा आएको रोल्पा १० ओभरमा सबै विकेट गुमाउँदै ४९ रनमै सीमित भयो। उसका लागि प्रवेश गिरीले सर्वाधिक २४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। रोल्पालाई सस्तैमा रोक्न दाङका आयुष ओली र सुजल ओलीले समान ३र३ तथा आशिष ओलीले २ र केरमान घर्तीमगरले १ विकेट लिए। आशिष ओली म्यान अफ द म्याच भए।

u-16-bhairahawa-prize-12-27.jpg

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ४ विकेटको क्षतिमा १९० रन बनायो। उसका लागि अमर मिश्राले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतमा ६७, प्रकाश गिरीले २२ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ५७ रन बनाए। यस्तै, विशाल भुसालले ३४ रन जोडे। बलिङमा पाल्पाका नरेश सूर्यवंशी, सुदीप जिसी र सौगात गौतमले समान १र१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको पाल्पा १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनमै समेटियो। उसका लागि रुपेश बश्यालले २६ र सुदीप जिसीले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।

उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सेजाद आलम र सुरज खड्काले समान ३र३ तथा सन्तोष यादवले २ विकेट लिए। अमर मिश्रा म्यान अफ द म्याच भए। भोलि उपाधिका लागि दाङ र रुपन्देही प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .