ad ad

राजनीति


देउवा निवासमा बसेको तीन दलको बैठक सकियो, जसपाले माग्यो थप समय

देउवा निवासमा बसेको तीन दलको बैठक सकियो, जसपाले माग्यो थप समय

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ११:२९,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक सकिएको छ।

शुक्रबार दिउँसो बुढानिलकण्ठमा बसेको तीन दलको बैठकमा नयाँ सत्ता समीकरणबारे कांग्रेसले पहिलोपटक औपचारिक रुपमा तीन दलबीच प्रस्ताव राखेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकमा जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे पार्टीभित्र थप छलफल गर्नुपर्ने भन्दै समय मागेपछि पुनः बैठक बस्ने सहमतिका साथ आजको बैठक सकिएको प्रवक्ता शर्माले जानकारी दिए।

‘यसबारे थप छलफल गर्न जसपाका साथीहरुले थप समय माग गर्नुभएको छ’, प्रवक्ता शर्माले भने, ‘बैठक पुनः बस्ने सहमतिका साथ सकिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .