खेल


खड्का र भण्डारीसहित आधा दर्जनबढी खेलाडी विभिन्न मान पदवीद्वारा सम्मानित

खड्का र भण्डारीसहित आधा दर्जनबढी खेलाडी विभिन्न मान पदवीद्वारा सम्मानित

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ६:५५,

सरकारले खेल क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका विभिन्न खेलका खेलाडीहरुलाई सम्मान गरेको छ।

शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शीतलनिवासमा आयोजित एक समारोहबीच खेल क्षेत्रका आधा दर्जनभन्दा बढी खेलाडीलाई विभिन्न मान तथा पदवीद्वारा सम्मान गरेकी हुन।

यसरी सम्मानित हुनेमा भलिबलका पूर्व राष्ट्रिय खेलाडी भरतबहादुर शाह, पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक हरि खड्का, राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी, ब्याटमिन्टनको विश्व वरियताका ३ नम्बर खेलाडी प्रिन्स दाहाल, एथ्लेटिक्सका अजित कुमार यादव, बडी बिल्डिङका महेश महर्जन करातेका मण्डेकाजी श्रेष्ठ, राष्ट्रिय क्रिकेट टाेलीका सदस्य साेमपाल कामी, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा लगायत रहेका छन्।

प्रशिक्षक खड्का र खेलाडी भण्डारी प्रवल जनसेवा श्री चतुर्थबाट र ब्याटमिन्टन खेलाडी दाहाल, यादव, श्रेष्ठ र महर्जन प्रवल जनसेवा श्री पञ्चमबाट सम्मानित भएका हुन्।

No description available.

सरकारले अघिल्लो वर्ष नै यो अवार्ड दिनुपर्नेमा कोरोनाका कारण स्थगित भएको थियो।

सन् १९९५ देखि २००५ सम्म नेपालका लागि खेलेका खड्काले राष्ट्रिय टोलीबाट सर्वाधिक १३ गोल गरेका छन्। पूर्व राष्ट्रिय खेलाडी खड्काले खेल जीवनपछि राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण सम्हालेका थिए। उनकै प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप र १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो भने ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको थियो। खड्का हाल राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य र एन्फा महिला विभाग प्रमुख पनि हुन्।

No description available.

नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान राष्ट्रिय महिला खेलाडी भण्डारीको नाममा छ। उनले हालसम्म ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन्। दुई पटक महिला लिगमा सहभागी भण्डारीले दुवै पटक टोलीलाई च्याम्पियन बनाउँदा गत संस्करण सर्वाधिक गोलकर्तासमेत बनेकी थिइन्।

No description available.

ब्याटमिन्टनका प्रिन्स दाहालले घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

No description available.

कराँतेका मण्डेकाजी श्रेष्ठ १३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता खेलाडी हुन्। 

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad