स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विद्यालय बन्द गर्न मन्त्रालयले कुनै सिफारिस नगरेको बताएका छन्।
प्रवक्ता गौतमले युवा तथा बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालयय, फिल्म हल, पार्टी प्यालेस लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको समाचार सत्य नभएको बताए।
‘विद्यालय बन्द गर्न भनेर हामीले सिफारिस गरेका छैनौँ’, प्रवक्ता गौतमले नेपालखबरसँग भने, ‘भिड कम गरौँ भनेका हौँ।’
उनले स्वास्थ्य प्रोटोकल अनुसार २५ जनाभन्दा बढी भए भिडभाड मानिने भन्दै २५ भन्दा बढी विद्यार्थी हुने कक्षामा दुई सिफ्ट गरेर पढाउनु पर्ने बताए।
‘२५ जनाभन्दा बढी भिडभाड नगर्ने भनेको हो। २५ जनाभन्दा बढी विधार्थी भए आधा विधार्थी राखेर पढाउँन पर्यो। स्कुलमा अर्को सिफ्ट गराउँने, सेक्सन छुट्टाउने भनेका छौं’, प्रवक्ता गौतमले भने।

प्रतिक्रिया