तीनदेशीय प्रतियाेगिता खेल्न नेपाल आएकाे किर्गिजस्तानकाे २३ वर्षमुनिकाे राष्ट्रिय फुटबल टाेलीसँग नेपालकाे ए डिभिजन क्लब त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण फुटबल खेल्ने भएकाे छ।
दशरथ रंगशालामा आइतबार मैत्रीपूर्ण खेल हुनलागेकाे अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएकाे हाे। आर्मीले पनि खेल हुनलागेकाे फेसबुक पेजमा उल्लेख गरेकाे छ।
खेल आइतबार अपराह्न साढे ३ बजे हुनेछ। साथै दर्शकले निःशुल्क खेल हेर्न पाउनेछन्।
त्रिभुवन आर्मी फुटबल एएफसी कपकाे प्रारम्भिक चरणकाे खेला आगामी अप्रिल ७ देखि सुरु गर्दै छ। पहिलाे खेल उक्त मितिमा आर्मीले श्रीलंका पाेलिससँग खेल्दै छ।
याे मैत्रीपूर्ण खेल त्यसकै तयारीस्वरुप खेल्नलागेकाे हाे।
यसअघि तीनदेशीय प्रतियोगिताबाट किर्गिज टाेली बाहिरिसकेकाे छ।
नेपालले बंगलादेशसँग शनिबार साँझ गाेलरहित बराबरी खेलेसँगै किर्गिजस्तान प्रतियाेगिताबाट बाहिरिएकाे हाे।
फाइनल खेलमा बंगलादेश र नेपाल भिड्नेछन्।
प्रतिक्रिया