ad ad

राजनीति


पत्रकार महासंघको चुनाव : ककसले दिए उम्मेदवारी?

पत्रकार महासंघको चुनाव : ककसले दिए उम्मेदवारी?

नेपालखबर
चैत १४, २०७७ शनिबार १४:४,

नेपाल पत्रकार महासंघको निर्वाचनअन्तर्गत शनिबार साँझ उम्मेदवारी मनोनयन सम्पन्न भएको छ।

जसअनुसार नेपाली कांग्रेसनिकट प्रेस युनियन, एमालेको माधवकुमार नेपाल पक्षको प्रेस चौतारी नेपाल, माओवादी केन्द्रनिकट प्रेस सेन्टरलगायतका १२ संगठनको साझा उम्मेदवारी परेको छ।

यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट उम्मेदवारी मनोनयन भएको छ। यसअन्तर्गत अध्यक्षमा निर्मला शर्मा, उपाध्यक्षमा माधव नेपाल, महासचिवमा बालकृष्ण बस्नेतको उम्मेदवारी परेको हो।

उता युनियनसहितको समूहबाट अध्यक्षमा विपुल पोखरेल, उपाध्यक्षमा रमेश विष्ट, महासचिवमा रोशन पुरी र बागी महासचिवमा राजेश मिश्रले उम्मेदवारी दिएका छन्।

अध्यक्षमा ५, कोषाध्यक्षमा ६, महासचिवमा ४, वरिष्ठ उपाध्यक्षमा ५ जनाको मनोनयन परेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए।

कोषाध्यक्षमा प्रकाश थापामगरको उम्मेदवार परेको छ। स्वतन्त्रबाट गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। महासंघको निर्वाचन चैत २५ गते हुँदै छ।

पत्रकार महासंघको केन्द्रीय समिति ११ पदाधिकारीसहित ४७ सदस्यीय हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .