खेल


विराटनगर सिटी एफसीको मार्की खेलाडीमा रञ्जित धिमाल अनुबन्ध

विराटनगर सिटी एफसीको मार्की खेलाडीमा रञ्जित धिमाल अनुबन्ध

नेपालखबर
चैत ५, २०७७ बिहिबार १२:५,

नेपाल सुपर लिग (एनएसएल) का लागि विराटनगर सिटी एफसीले मार्की खेलाडी सार्वजनिक गरेको छ।

विराटनगरले आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय फुटबल टोली तथा मछिन्द्र क्लवका डिफेन्डर रञ्जित धिमाललाई मार्की खेलाडीमा अनुबन्ध गरेको जनाएको हो।

रञ्जित नेपालले सोलिडारिटी कप जित्दाका महत्वपूर्ण खेलाडी हुन्। मच्छिन्द्रले पहिलो पटक ए डिभिजन लिग जित्दा रञ्जित टोलीका सदस्य थिए।

नेपाल सुपर लिगका लागि फ्रेन्चाईज टोली काठमाडौ रेजर्सले मार्की खेलाडीमा राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लवका गोलरक्षक विकेश कुथु र प्रशिक्षकमा बालगोपाल महर्जनलाई अनुबन्ध गरेको छ।

धनगढी एफसीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी र प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई गर्दा राष्ट्रिय फुटबल टोली तथा मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर अन्जन विष्ट ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडी बनेका छन्।

एफसी चितवनले भने मार्की खेलाडीमा राष्ट्रिय टोलीका स्टाइकर भरत खवास र प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको छ।

नेपाल सुपर लिग वैशाख ११ देखि २५ गते सम्म दशरथ रंगशालामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad