ग्रुपमा अश्लिल भिडियो–फोटो तथा हानिकारक सामग्री सेयर गरेमा फेसबुकले त्यो नियमन गर्ने र त्यस्ता सामग्री सेयर गर्ने खातालाई निलम्बन अथवा बन्द गर्ने फैसला गरेको हो।
फेसबुकले आफ्नो ब्लगमा भनेको छ,‘फेसबुकको नियम विपरितका सामग्री ग्रुपमा सेयर भएमा त्यस्ता अकाउन्टलाई ७ देखि ३० दिनसम्म सामग्री सेयर गर्न निलम्बन गरिनेछ। यस्तो अकान्टबाट ग्रुप बनाउन सकिने छैन। साथै त्यस्ता सामग्री लगातार सेयर गरेको पाइएमा त्यो खाता सँधैको लागि बन्द समेत गरिनेछ।’
यदी ग्रुपको एडमिनले आपत्तिजनक सामग्रीहरु सेयर गर्न अनुमति दिए अनुमति दिने अकाउन्टले पनि यस्तै कारवाही व्यहोर्नेछ।
फेसबुकले यसअघि बालबालिकाको अधिकार हनन् हुने खालका सामग्री ग्रुप, पेज अथवा च्याटमै पोस्ट गरेमा त्यस्ता अकाउन्टलाई निलम्बन गर्ने गरेको थियो।
साथै फेसबुक प्रतिलिपि अधिकारमा पनि निकै सजग छ। अरुको तस्बिर, भिडियो, गीतहरु आफ्नो अकाउन्टमा पोस्ट गर्दा फेसबुकले यस्ता घटनामा पनि कारवाही प्रक्रिया अगाडि बढाउँदै आएको छ। एजेन्सी
प्रतिक्रिया