खेल


रोनाल्डोप्रति तीव्र असन्तुष्टि सुरु, भनियोः उनलाई फुटबलभन्दा अनुहार प्यारो रहेछ

रोनाल्डोप्रति तीव्र असन्तुष्टि सुरु, भनियोः उनलाई फुटबलभन्दा अनुहार प्यारो रहेछ

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ११:३०,

समग्र लेगमा ४–४ गोलको बराबरी भएता पनि होममा क्रिस्टियानो रोनाल्डो आवद्ध क्लब युभेन्टसले धेरै गोल खाएका कारण उ प्रतियोगिताबाट बाहिरिनु परेको थियो।

१० खेलाडीमा सीमित बनेको पोर्टोसँग पराजित हुँदै युभेन्टस प्रतियोगिताबाट बाहिरिएसँगै यतिबेला क्रिस्टियानो रोनाल्डोको तीव्र रुपमा आलोचना भइरहेको छ।

खेलको ५४ औं मिनेटमा पोर्टोका महेदी तारेमी दुई पहेलो कार्डसहित मैदान बाहिर जानु परेको थियो। यद्यपी युभेन्टसले खेल जित्न सकेन।

यससँगै क्रिस्टियानो रोनाल्डोको अक्षम्य त्रुटिका कारण नै युभेन्ट्स प्रतियोगिताबाट बाहिरिएको विश्लेषण भइरहेको छ।

Cristiano Ronaldo turns his back on glory as Juventus are stunned by Porto  | Sport | The Times

यतिबेला रोनाल्डोलाई फुटबलभन्दा अनुहार प्यारो भएको भनेर टिप्पणी सुरु भएको छ।

खासमा खेलको ११५ औं मिनेटमा पोर्टोले फ्रि–किक पाएको थियो। उक्त फ्रि–किकका बेला रोनाल्डो पनि बारमा बल छेक्न बसेका थिए।

तर उनले फ्रि–किक प्रहार हुँदा पछाडि फर्किएका कारण बललाई ध्यान दिएनन्, बल उनकै छेउ हुँदै युभेन्ट्सको पोस्टमा घुस्यो। पोर्टोले गोल गर्यो।

रोनाल्डो यदी अगाडि फर्किएको भए उनले बललाई सोझै रोक्न सक्थे। खेलको ११७ औं मिनेमा युभेन्टसका लागि एड्रियन राबिओटले गोल गरेर खेललाई समग्रमा बराबरीमा त ल्याए।

तर रोनाल्डोको टोलीले होम ग्राउन्डमा २ गोल खाइसकेको थियो। युभेन्टसले भने अवे खेलमा मात्र १ गोल गरेको थियो।

च्याम्पियन्स लिगमा खेल बराबरी भएको अवस्थामा जसले अवे गोल बढी हान्छ उसैले खेल जित्छ। पहिलो लेगमा पोर्टोको होममा १–२ ले पराजित युभेन्ट्सले दोस्रो लेगमा ३–२ को जित त हात पार्यो।

तर समग्र लेगमा ४–४ को बराबरी हुँदा उ अवे गोलका कारण पराजित हुन पुग्यो।

यस खेल पछि नै युभेन्टसका पूर्व स्टार खेलाडी निकोला अमोरुसाले रोनाल्डोले फुटबलभन्दा बढी आफ्नो अनुहार बिग्रिन्छ कि भन्ने चिन्ता गरेका कारण उक्त खेलमा युभेन्टस पराजित भएको बताएका छन्।

(भिडिओ)

उनी भन्छन्,‘म प्रशिक्षक भएको भए फ्रि–किकको वालमा रोनाल्डोलाई कहिल्यै राख्दिन थिए। उनी बललाई रोक्न डराउँछन् किनभने उनी आफ्नो अनुहारको चिन्ता गर्छन्।’

इटालिएन फुटबल म्यानेजर फाबियो क्यापेल्लोले पनि युभेन्टसको कमजोर वालको आलोचना गरेका छन्। ११५ औं मिनेटको फ्रि–किकमा रोनाल्डो वालमा बल नहेरी बसेकाले खेल हारेको उनको भनाइ छ।

यस खेलपछि युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले पनि रोनाल्डोको गल्ती औंल्याएका छन्।

उनी भन्छन्,‘हामी खेलाडीलाई बल रोक्नका लागि वालमा राख्छौं। यो पहिलोपटक भएको हो कोही खेलाडी उल्टो फर्किएका थिए। सायद हाम्रा खेलाडीले उक्त फ्रि–किकलाई खतरनाक ठानेनन् होला।’ गोल डटकम र सीएनएनको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad