ad ad

खेल


बार्सिलोनालाई हराउँदै पीएसजी क्वार्टरफाइनलमा

बार्सिलोनालाई हराउँदै पीएसजी क्वार्टरफाइनलमा

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ४:२७,

क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको प्रि-क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिए पनि समग्रमा ५–२ को जित हासिल गर्दै पीएसजीले क्वार्टरफाइनलमा स्थान बनाएको हो। पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले पाखा लगाएको थियो।

खेलको ३१औं मिनेटमा केलियन एमबाप्पेको पेनाल्टी गोलबाट पीएसजीले अग्रता बनाएको थियो। खेलको ३७औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल फर्काउँदै गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफको इन्ज्युरी समयमा मेस्सीले पेनाल्टी चुकाउँदा बार्सिलोनाले अग्रता बनाउन सकेन।

गएरातिकै अर्को खेलमा मोहम्मद सलाह र साडियो मानेको गोलमा लिभरपुलले अन्तिम ८ को यात्रा तय गरेको छ। इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइप्जिगलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। प्रि-क्वार्टरफाइनलको दोस्रो लेगमा २–० को तथा समग्रमा ४–० को जित हासिल गर्दै लिभरपुलले अन्तिम ८ मा ठाउँ बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .