ad ad

खेल


चम्किसकेका रोबिन्होलाई त्यागेर मेस्सी रोजेका थिए लापोर्ताले

चम्किसकेका रोबिन्होलाई त्यागेर मेस्सी रोजेका थिए लापोर्ताले

नेपालखबर
फागुन २४, २०७७ सोमबार १२:३९,

त्यसबेला रोबिन्हो चर्चित खेलाडी बनिसकेका थिए। उनी दक्षिण अमेरिकाका चर्चितमध्ये एक खेलाडी थिए।

१८ वर्षका मेस्सी भने त्यो ताका खेल कौशल प्रदर्शन गर्ने मौका खोजिरहेका थिए। मेस्सी त्यसबेला बार्सिलोनाको बी टिमबाट खेल खेलिरहेका थिए।

रोबिन्हो बार्सिलोना आउन चाहन्थे। तर जोआन लोपार्ता जो आइतबार मात्र बार्सिलोना फुटबल क्बलमा दोस्रोपटक प्रमुखको रुपमा निर्वाचित भएका छन् उनले त्यसबेला रोबिन्होलाई त्यागेर युवा मेस्सीलाई बार्सिलोनाको मुख्य टोलीमा प्रवेश गराएका थिए।

उनी त्यसबेला पनि बार्साको प्रमुख थिए।

‘रोबिन्हो बार्सिलोना आउन चाहन्थे तर हामीसँग मेस्सी छन् र हामीले उनीमाथि ठूलो भरोसा गरेका छौं’ लापोर्ताले त्यसबेला एल मुन्डो पत्रिकासँग भनेका थिए,‘उनी १८ वर्षकाे भए पनि उनकोजस्तो बल नियन्त्रण गर्ने कला कसैसँग छैन। उनीसँग म्याराडोना र जोहान सिरफको क्षमता छ। उनी विश्वस्तरीय खेलाडी बन्न सक्छन् त्यसकारण मैले उनलाई छानेको हुँ।’

Joan Laporta on Lionel Messi: "I know that he wants to stay" - Football  Espana

निर्वाचन जित्न अगाडि मात्रै लापोर्ताले आफूले बार्साको प्रमुख पदका लागि हुने निर्वाचन पुन: जिते मेस्सीले बार्सिलोना क्लब नछाड्ने दाबी गरेका थिए।

उनले आफ्नो र मेस्सीको सम्बन्ध प्रगाढ भएकाले मेस्सीले आफूले भनेको मान्ने बताएका थिए।

यस सिजनको सुरुवातमा मेस्सीले क्लब छाड्ने इच्छा व्यक्त गरेका थिए। लापोर्ता क्लब प्रमुख भएसँगै अब मेस्सी बार्सामै रहने अनुमान गरिएको छ। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .