खेल


राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान निरू सम्मानित

राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान निरू सम्मानित

नेपालखबर
फागुन २४, २०७७ सोमबार ७:१४,

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय महिला दिवस तथा एएफसी महिला फुटबल डेको अवसरमा राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान निरु थापालाई सम्मान गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रमा पूर्वकप्तान निरुलाई सम्मान गरिएको थियो।

निरुले गत वर्ष घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा अन्तर्राष्ट्रिय खेलबाट सन्यास घोषणा गरेकी थिइन्।

निरुले सन् २०१० मा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन्। हिरो गोल्डकपमा नेपालले भारतलाई उसैको भूमिमा पहिलोपटक हराउँदा नेपालको कप्तान निरूले नै सम्हालेका थिइन्।

niru thapa samman anfa2

निरूको कप्तानीमा नेपाल पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्यो। अनु लामाको स्थानमा ओलम्पिक छनोटमै निरूले पहिलोपटक नेपाली टोलीको कप्तानी सम्हाल्ने मौका पाएकी थिइन्।

कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको महिला सशक्तीकरणमा फुटबलले सहयोग गरेको बताए। महिला फुटबलको दीर्घकालीन विकासका लागि एन्फाले योजना बनाइरहेको अध्यक्ष छिरिङले बताए।

यो पनि –
अधुरो सपनासँगै संन्यास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad