खेल


लापोर्ता बार्साको अध्यक्षमा निर्वाचित, मेस्सीले क्लब छाड्ने सम्भावना कम भयो

लापोर्ता बार्साको अध्यक्षमा निर्वाचित, मेस्सीले क्लब छाड्ने सम्भावना कम भयो

नेपालखबर
फागुन २४, २०७७ सोमबार ६:३५,

उनी क्लब प्रमुख भएसँगै लियोनल मेस्सीले बार्सिलोना छाड्ने सम्भावना कम भएको छ।

यसअघि लापोर्ताले आफू क्लबको अध्यक्ष भए मेस्सीले क्लब नछाड्ने बताएका थिए। मेस्सीले यस सिजनको सुरुवातमै क्लब छाड्ने बताएका थिए।

‘मेरो र मेस्सीको सम्बन्ध प्रगाढ छ र मैले जस्तो प्रस्ताव राख्छु त्यो उनले मान्छन्।’ लापोर्ताले भनेका थिए,‘मलाई थाहा छ, मैले निर्वाचन जिते मात्र उनी क्लबमा बस्छन्।’

लापोर्ता दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले बार्सिलोना फुटबल क्लबको अध्यक्ष पदको निर्वाचनमा कुल मतको ५४ प्रतिशत प्राप्त गरेका हुन्।

चुनाव जितेसँगै लापोर्ताले भनेका छन्,‘मेस्सी बार्सिलोनालाई प्रेम गर्छन्।' उनले मेस्सी बार्सामै रहने आफूलाई पूर्ण विश्वास भएको पनि बताएका छन्।

FC Barcelona - La Liga: Laporta: If Messi turns down contract renewal,  Barcelona will move on | MARCA in English

चुनावमा भिक्टर फन्टले ३० प्रतिशत मत प्राप्त गर्दा टोनी फ्रेक्सिया तेस्रो स्थानमा रहे।

यसअघि २००३ देखि २०१० सम्म लापोर्टा क्लबको अध्यक्ष रहेका थिए। गत अक्टोबरमा जोसेप मारिया बार्टमेउले राजिनामा दिएपछि बार्सिलोना अध्यक्ष बिहिन थियो।

क्लबका अनुसार १ लाख ९ हजार मतदातामध्ये ५५ हजार ६ सय ११ जना मतदानमा सहभागी भएका थिए।

यसअघि जनवरीमा चुनाव हुने भनिएपनि कोरोना संक्रमणका कारण हुन सकेको थिएन।

लापोर्ता पहिलो कार्यकालमा क्लबले ब्राजिलियन सुपर स्टार रोनाल्डिन्हो र क्यामरुनका फरवार्ड स्यामुएल एटोलाई अनुबन्ध गरेको थियो।

त्यसबेला क्लबले २ च्याम्पियन्स लिग र समान ४ पटक ला लिगा र कोपा डेल रे को उपाधि जितेको थियो। मार्का र बीबीसीको सहयोगमा

From signing Ronaldinho to treble glory – Joan Laporta's first Barcelona  reign in pictures | Goal.com

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad