खेल


बार्साले नयाँ सिजनको लागि सार्वजनिक गर्‍यो जर्सी, मेस्सीले लगाउने–नलगाउने ठेगान छैन

बार्साले नयाँ सिजनको लागि सार्वजनिक गर्‍यो जर्सी, मेस्सीले लगाउने–नलगाउने ठेगान छैन

नेपालखबर
फागुन २२, २०७७ शनिबार ६:५२,

बार्साले आफ्नो घरेलु मैदानमा लगाउने जर्सी सार्वजनिक गरेको हो।

नयाँ जर्सीले पुरानो रोनाल्डिन्होको बेलामा बार्साले लगाउने जर्सीको झझल्को दिलाउँछ। तर नयाँ जर्सीको धर्का भने केही फरक किसिमको छ।

नयाँ सिजनमा पहिलेको जस्तो पँहेलो रङलाई त्यति महत्व दिइएको छैन। राकुटिन र नाइक ब्रान्डले यो जर्सीलाई प्रयोजन गरेको हो।

बार्साकाे नयाँ जर्सी

बार्साले नयाँ जर्सी सार्वजनिक गरिरहँदा क्लबका कप्तान लियोनल मेस्सीले भने यो जर्सी लगाउँछन् या लगाउँदैनन् ठेगान छैन।

मेस्सीले यो जर्सी लगाउने तथा नलगाउने विषयमा सबै बेखबर छन् किनभने मेस्सीले नयाँ सिजन अगाडि नै क्लब छाड्न सक्छन्।

सम्झौताअनुसार मेस्सीले फ्रि–ट्रान्सफरमा क्लब छाड्न सक्छन्। तर उनलाई क्लब छाड्न भने बाध्य पारिएको छैन।

यद्यपी उनले यस सिजनको सुरुवातमै क्लब छाड्ने इच्छा व्यक्त गरेका थिए। पूर्व क्लब प्रमुख जोसेप मारिया बार्टेमेउसँगको विवादपछि मेस्सीले क्लब छाड्न चाहेका थिए।

तर समर्थकले विरोध जनाएपछि यतिबेला बार्टेमेउ क्बल प्रमुख छैनन्। मार्का

Brazil Legend, Ronaldinho To Come Out Of Retirement At 39 To Feature For  Colombian, Side Santa Feराेनाल्डिन्हाे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad