खेल


पर्वतका अनिसले जिते १ लाख राशिको हाफ म्याराथनको उपाधि

पर्वतका अनिसले जिते १ लाख राशिको हाफ  म्याराथनको उपाधि

प्रकाश न्यौपाने
फागुन २२, २०७७ शनिबार ६:४३,

रुपन्देहीमा भएको हाफ  म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत फलेबास नगरपालिका–२, थापाथाना, पर्वतका अनिस थापा मगरले हात पार्न सफल भएका छन्।

गोरखा राइफल, हैदरावादमा कार्यरत थापाले २१ किलोमिटरको हाफ म्याराथन १ घण्टा ६ मिनेट ३९ सेकेन्डमा पार गर्दै उपाधि चुमेका हुन्।

उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ प्राप्त गरेका छन्। यस्तै, भारतीय सेनामै कार्यरत हिलयाङ गाउँपालिका–५, सुभाङ, पाँचथरका दीपक सुहाङले द्वितीय स्थान हासिल गर्न सफल भए। गोरखा राइफल, हैदरावादमै कार्यरत सुहाङले १ घण्टा ८ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै नगद ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी, कपिलवस्तुमा कार्यरत गोदावारी नगरपालिका–३, अत्तरिया, कैलालीका किरणसिंह बोगटी तृतीय स्थान प्राप्त गर्न सफल भए। उनले १ घण्टा ९ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै नगद ५० हजार रुपैयाँ प्राप्त गरे।

मिलन कार्की र श्रीकास राई सान्त्वना भए। उनीहरुले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

महिलातर्फ सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी, कपिलवस्तुमा कार्यरत दैलेख नौमूलेकी भावना शाहीले उपाधि जितिन्। १ घण्टा ३८ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गरेकी उनले नगद २० हजार रुपैयाँ प्राप्त गरिन्।

यस्तै, नेपाली सेनाको गोरखदल गणमा कार्यरत तिनाउ गाउँपालिका, पाल्पाकी मनिषा थापाले १ घण्टा ४२ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै द्वितीय स्थान हासिल गरिन्। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन्। बारबर्दिया नगरपालिका–२, बर्दियाकी कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै तृतीय भइन्। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। विपिका पुन सान्त्वना भई नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरिन्।

रोटरी इन्टरनेसनल डेको अवसर पारेर रोटरी क्लब अफ भैरहवाको आयोजनामा हाफ म्याराथन आयोजना गरिएको हो। उपाधि विजेताहरुलाई रोटरी क्लबका गभर्नर राजीव पाख्रेल र रोटरी क्लब अफ भैरहवाका पूर्वअध्यक्ष राजकुमार गुप्ताले पुरस्कार प्रदान गरेका थिए।

बुटवलदेखि भैरहवासम्म २१ किलोमिटरको दूरीमा भएको हाफ म्याराथनमा ११६ जना धावकको सहभागिता रहेको आयोजकले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .