खेल


रुपन्देही सुपरलिग : वेष्टर्न विजयी, देवदह घटुवा

रुपन्देही सुपरलिग : वेष्टर्न विजयी, देवदह घटुवा

प्रकाश न्यौपाने
फागुन २०, २०७७ बिहिबार ११:२१,

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार डिभिजन ‘ए’को खेलमा वेष्टर्न क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई १३६ रनले फराकिलो अन्तरले पराजित गरेको छ। हारसँगै देवदह भने रेलिगेसनमा परेर ‘ए’ डिभिजाबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएकोे वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ९ विकेट क्षतिमा २२१ रनको योगफल बनायो। उसका लागि विक्रम भुसालले ४९, राहुल कुमारले ४६, अनिल खरेलले नटआउट ३६ र सन्देश थापाले २१ रन बनाए। बलिङमा देवदहका विकाश श्रेष्ठले ३, अर्जुन रायमाझी र संदीप पाण्डेले २-२ तथा सुदिप जिसी र सुरज खड्काले समान १÷१ विकेट लिए।

प्रतिउत्तरमा देवदह २२.३ ओभरमा अलआउट हुँदै ७५ रनमै समेटियो। उसका लागि सुदीप जिसीले नटआउट १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। उसलाई सस्तैमा समेट्न बलिङमा वेष्टर्नका अनिल खरेलले ६ ओभरमा २ मेर्डन राख्दै ९ रन खर्चेर ५ विकेट लिए। उनी म्यान अफ द म्याच समेत भए।

यस्तै, एकेन्द्र कुमारले २ तथा सन्देश थापा, हरजित सिंह र राहुल कुमारले १-१ विकेट लिए। शुक्रबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ। नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad