ad ad

खेल


पीएसएल खेल्न पाकिस्तान उडे सन्दीप

पीएसएल खेल्न पाकिस्तान उडे सन्दीप

नेपालखबर
फागुन १५, २०७७ शनिबार ५:११,

यसअघि ड्राफ्टबाट कुनै टोलीले नलिएपनि राष्ट्रिय टोलीको व्यस्त तालिकाका कारण अफगानिस्तानी क्रिकेटर रासिद खान नखेल्ने भएपछि उनको स्थानमा सन्दीपलाई लाहोर कलन्दर्सले अनुबन्ध गरेको हो।

सन्दीपका नेपाली व्यवस्थापक रमण सिवाकोटीका अनुसार शुक्रबार साँझ मात्रै सन्दीपको लाहोरसँग सम्झौता भएको थियो।

सन्दीप शनिबार कतार एअरवेजमार्फत दोहा हुँदै कराँची पुग्नेछन्।

ड्राफ्टमा भने सन्दीप प्लाटिनम क्याटगोरीमा थिए। त्यहाँबाट भने उनलाई कसैले अनुबन्ध गरेको थिएन। 

पीएसएल अहिले चलिरहेको छ। पीएसएल फेब्रुअरी २० बाट सुरु भएको हो। 

लाहोरले तीन खेल खेलिसकेको छ। उसले २ खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ। 

आइतबार लाहोरले कराँची किंग्ससँग खेल्दैछ। त्यसपछि मार्च ४ मा लाहोरले इस्लामावाद यूनाइटेड, मार्च ६ मा पेशेवर जल्मी, मार्च ११ मा क्वेटा ग्लाडियटर्स, मार्च १२ मा इस्लामावाद यूनाइटेड, मार्च १४ मा कराँची किग्स र मार्च १६ मा मुल्तान सुल्तानविरुद्ध खेल्दैछ। 

यसअघि सन्दीपले सन् २०१९ मा पनि लाहोरबाट नै पीएसएल खेलेका थिए। उक्त सिजनमा सन्दीपले ७ खेलबाट ११ विकेट लिएका थिए।

यस सिजनमा सन्दीपसँगै पीएसएलको ड्राफ्टमा पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख परेका थिए।

सन्दीपसँगै अरु खेलाडीमा पनि कुनै टोलीले अनुबन्धको इच्छा देखाएनन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .