नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुासर जोशीका दाहिने हातखुट्टा बिस्तारै चल्न थालेको देखिएको हो।
यस्तै उनको श्वावप्रश्वासमा सुधार आएको चिकित्सकले बताएका छन्। तर अहिले पनि नेता जोशी कोमामै छन्।
बिहीबार राति मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार शल्यक्रिया गरिएको हो।
सुरुमा वीर अस्पताल लगिएका जोशीलाई सिटी क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल ल्याइएको थियो।
प्रतिक्रिया