खेल


बल्ल आयो एसीसीको स्वीकृति, यू-१९ टोलीको आन्तरिक तयारी सुरु

बल्ल आयो एसीसीको स्वीकृति, यू-१९ टोलीको आन्तरिक तयारी सुरु

नेपालखबर
साउन २३, २०७६ बिहिबार ८:१६,

एकमहिना (सेप्टेम्बर ५)पछि सुरु हुने एसिया कपका लागि नेपाली टोलीले बिहीबार(१६ साउन)बाट बन्द प्रशिक्षण सुरु गर्ने योजना बनाएको थियो। तर, खराब मैदानका लागि २१ गतेबाट बन्द प्रशिक्षण सुरु गर्नेगरि योजना सार्‍यो।

तर, नेपाल क्रिकेट संघ(क्यान) निलम्बनमा रहेकाले नेपाली क्रिकेटको व्यवस्थापन आइसीसी र एसिसीले हेर्दै आएका छन्। अगष्ट ६ तारिखबाट बन्द प्रशिक्षण थाल्ने भनेपनि एसीसीको स्वीकृति नभएकाले नेपाली टोलीले बन्द प्रशिक्षण सुरु गर्न पाएको थिएन्।

तर, राष्ट्रिय खेलकुद परिषद्(राखेप)सँगको समन्वयनमा नेपाली यूवा टोलीले बिहीबार(अगष्ट ८)बाट भने आन्तरिक तयारी सुरु गरेको छ। बिहीबारबाट सुरु भएको आन्तरिक तयारीमा अधिकांश खेलाडीहरु सहभागी थिए।

‘एसीसीले हामीलाई १२ गतेबाट क्याम्प राख्ने अनुमति दिएको छ,’ नेपाली टोलीका प्रशिक्षक विनोद दासले भने, ‘अहिले हामी राखेपसँगको समन्वयनमा आन्तरिक तयारी गरिरहेका छौं। १२ तारिखबाट पूर्ण तयारी सुरु हुन्छ।’

‘एसिसीले यसअघि नै टोलीमा भएका १९ जनालाई क्याम्पमा बोलाउन भनेपछि सबैलाई खबर गर्दा अधिकांश खेलाडीहरु काठमाडौंमा रहेछन्,’ दासले थपे, ‘अहिले हामी फिल्डिङ तथा फिटनेश तयारीमा छौं। १२ तारिखसम्म मैदान बनिसकेपछि ब्याटिङ, बलिङ तथा अभ्यास प्रशिक्षणहरु गर्नेछौं।’

पूरानै टोली, भारत जाने कार्यक्रम अस्वीकार
क्यान निलम्बनमा रहेका बेला आइसीसी र एसिसीले नेपाली क्रिकेट हेरिरहेको छ। यसपटक नेपालले ३६ जना खेलाडीहरु राखी बन्द प्रशिक्षण गर्ने तथा भारत गएर अन्तिम तयारी गर्ने नेपालको प्रस्ताव समेत एसीसीले अस्वीकार गरिदिएको छ।

एसीसीले नेपालको प्रस्ताव स्वीकार नगरेपछि यसअघिको प्रतियोगितामा बन्द प्रशिक्षणमा रहेका रोहितकुमार पौडेल (कप्तान), पवन सर्राफ, कमलसिंह ऐरी, रित गौतम, हरिबाहादुर चौहान, विशालविक्रम केसी, प्रतिश जिसी, तिलकराज भण्डारी, रासिद खान, भीम सार्की, लोकेशबहादुर बम, सागर ढकाल, कुशल मल्ल, खडकबहादुर बोहरा, मोहम्मद आसिफ सेख, सन्दीप जोरा, सुर्या तामाङ र आकाश चन्दले नै यसपटक पनि निरन्तरता पाउँने भएका छन्।

भारत जाने प्रस्ताव अस्वीकार गरेको एसीसी बरु प्रतियोगिताको एक हप्ता अघि आयोजनास्थल श्रीलंका जान भनेको छ। नेपाली टोली अन्तिम तयारीका लागि भारत जाने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .