समाज


 एरिया ५१ इभेन्ट गल्तीले हटाइएको फेसबुकको भनाइ

 एरिया ५१ इभेन्ट गल्तीले हटाइएको फेसबुकको भनाइ

नेपालखबर
साउन २३, २०७६ बिहिबार ८:४८,

त्यहाँ उनीहरुले एरिया ५१ भनेर चिनिने अमेरिकी हवाई सेनाको बेस क्याम्पमा छिर्ने योजना बनाएका छन्।

खासमा एरिया ५१ मा एलियन राखिएको हुनसक्ने आशंका गरिएको छ। अमेरिकामा त्यहाँ एलियन भएको मिथक नै बनेको छ।

सामाजिक संजालका प्रयोगकर्ताले उक्त एरिया ५१ इभेन्टमा अमेरिकी सेनाले त्यहाँ एलियन लुकाएको र त्यो हर्नुपर्छ भनेर विभिन्न मेमहरु बनाएका छन्। स्टाटसहरु लेखेका छन्।

तर गत शनिबार २ लाखभन्दा बढीले समर्थन गरेको उक्त इभेन्ट फेसबुकले डिलेट गरेको थियो।

Image result for area 51

फेसबुकको नियम विपरित उक्त इभेन्ट बनाइएको फेसबुकले सूचना पठाएको थियो। तर फेसबुकले यतिबेला त्यो गल्तीले भएको बताएको छ।

उक्त इभेन्ट फेरि देखाउन थालेको छ। एरिया ५१ संवेदनशील क्षेत्र भएको, त्यहाँ सैन्य तालिम हुने भएकाले सर्वसाधरणलाई उपस्थित हुन नदिने अमेरिकी सेनाले बताइरहेको छ।

तर अमेरिकीहरु यो विश्वास गर्दछन् कि सेनाहरुले एलियनलाई त्यहाँ कैद बनाएका छन्। एरिया ५१ को क्षेत्रबाट विमानहरु समेत उड्न दिइँदैन। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .