ad ad

खेल


टाइगर कप आमन्त्रण भलिबल : पुलिस र होगान्जी न्यु डायमण्डको विजयी सुरुवात

टाइगर कप आमन्त्रण भलिबल : पुलिस र होगान्जी न्यु डायमण्डको विजयी सुरुवात

नेपालखबर
माघ २७, २०७७ मंगलबार १५:१४,

नेपाल पुलिस क्लव, होगान्जी न्यु डायमण्ड क्लवले प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्।

मंगलबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबको महिला टोलीले नेपाल एपीएफ क्लबलाई सोझो सेटमा पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा पुलिसले २६-२४ को जित निकालेको थियो। दोस्रो सेटमा पुलिसले २५-२२ तथा तेस्रो सेट २५-११ को जित निकालेको हो।

No description available.

आजै भएको दोस्रो खेलमा होंगान्जी न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले पराजित गर्यो। पहिलो सेट २५-१२ ले आफ्नो पक्षमा पारेको न्यु डायमण्डले त्यसपछिका दोस्रो दुई सेट गुमायो। आर्मीले २५-२२ र २५-१८ को जित दर्ता गरेको थियो।

चौथो सेटमा आर्मीले लय गुमाउँदा खेल पाँचौ सेटमा धकेलिएको थिया चौथो सेट आर्र्मीले २७-२५ ले गुमायो। पाँचौ सेटमा न्यु डायमण्डले १५-१३ ले जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

No description available.

मगंलबार भएको पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो। पुलिसले गण्डकीलाई २७-२५, २५-२१ तथा २५-२२ हरायो।

प्रतियोगितामा भोलि पुरुषतर्फ गण्डकी र नेपाल पुलिस तथा नेपाल पुलिस र नेपाल एपीएफ क्लब खेल्नेछन्। महिलातर्फ भोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .