खेल


चौदण्डीगढीविरुद्ध एपीएफ १४–० को फराकिलो गोल अन्तरले विजयी

चौदण्डीगढीविरुद्ध एपीएफ १४–० को फराकिलो गोल अन्तरले विजयी

नेपालखबर
माघ २६, २०७७ सोमबार १०:२३,

राष्ट्रिय महिला फुटबल लिगमा सशस्त्र प्रहरीको एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध १४–० को फराकिलो जित हात पारेको छ।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सावित्रा भण्डारी एक्लैले आठ गोल गरिन्।

उनले खेलको चौथो, १८औँ, ३६औँ, ४३औँ, ५३औँ, ५६औँ, ७१औँ र ८६औँ मिनेटमा गोल गरिन्। एपीएफकै अनिता बस्नेतले पहिलो हाफको थप समय र ६४औँ मिनेटमा तथा अनु लामाले ७५औँ, रविना गोलेले ७९औँ मिनेटमा र अनिता केसीले २४औँ र ३९ औँ मिनेटमा गोल गरे।

आजको खेलमा उत्कृष्ट खेलेको एपीएफकी प्रीति राई प्लेयर अफ द म्याच भइन्। जारी लिगमा एपीएफको ७ खेलबाट २१ अंक भएको छ भने चौदण्डीगढी शून्य अंकसहित तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad