राष्ट्रिय महिला लिगमा आज सोमबार नेपाल एपीएफ क्लब र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुँदै छ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे हुनेछ।
लिगमा अपराजित रहेको एपीएफ सोही लयलाई निरन्तरता दिने योजनामा छ। लिगका अहिलेसम्मका सबै खेलमा पराजित रहेको चौदण्डीगढी पहिलो जित निकाल्न संघर्ष गर्नेछ।
अपराजित एपीएफ १५ अंकमा तालिकाको शीर्षस्थानमा छ। अंकविहीन चौदण्डीगढी भने तालिकाको पुछारमा रहेको छ।
प्रतिक्रिया