ad ad

राजनीति


सर्वोच्चमा प्रतिनिधि सभा विघटनको पक्षमा बहस सुरु

सर्वोच्चमा प्रतिनिधि सभा विघटनको पक्षमा बहस सुरु

नेपालखबर
माघ १९, २०७७ सोमबार ६:५,

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट उक्त कदमको पक्षमा अर्थात् रिटको विपक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ।

रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि रिट निवेदकका विपक्षीहरुको बहस सुरु भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा गरेको प्रतिनिधि सभा विघटनको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जना सरकारी वकिलले बहस गर्दै छन्।

यस्तै प्रधानमन्त्रीको तर्फबाट बहस गर्न १७५ जना निजी कानुन व्यवसायीले पनि वकालतनामा बुझाएका छन्।

१३ रिट निवेदकका तफैबाट ७२ जना कानुन व्यवसायीले बहस गरेका छन्। माघ ४ गतेबाट सुरु भएको निवेदक पक्षको बहस १३ दिनमा सकिएको हो।

यो पनि–
विघटनको पक्षमा प्रधानमन्त्रीको तर्फबाट १ सय ८६ अधिवक्ता, विपक्षमा गरे ७२ जनाले बहस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .