खेल


राष्ट्रिय महिला लिग फुटबलमा पुलिसको पहिलो जित

राष्ट्रिय महिला लिग फुटबलमा पुलिसको पहिलो जित

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ११:५६,

नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ।

शुक्रबार भएको खेलमा पुलिस क्लवले चौदन्डीगढी नगरपालिका उदयपुरलाई ६–० को फराकिलो गोल अन्तरले पाखा लगाएको हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रेखा पौडेल र सृजना खड्काले समान २ गोल गरे। निर्मला विक, अमृता जैसीले एक एक गोल गरे।

रेखा पौडेलले खेलको २८ औं मिनेटमा गोलको खाता खोलेकी थिइन्। पौडेलले ८९ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि पाँचौ गोल गरिन्। सृजना खड्काले पहिलो हाफको ४५ औं मिनेटमा तथा दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन्।

अमृताले ४१ तथा निर्मलाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए। जितसँगै पुलिसले स्पष्ट ३ अंक बटुलेको छ। पुलिस पहिलो खेलमा त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो।

लिगमा भोलि वालिङ नगरपालिका र विभागीय त्रिभुवन आर्मी तथा सशस्त्र प्रहरीको एपीएफ र विराटनगर नगरपालिका मोरङबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad