ad ad

खेल


साम्बाको पहिलो गोल महान फुटबलर म्याराडोनाप्रति समर्पित

साम्बाको पहिलो गोल महान फुटबलर म्याराडोनाप्रति समर्पित

नेपालखबर
माघ ८, २०७७ बिहिबार १५:१३,

सावित्रा भण्डारी साम्बाले राष्ट्रिय महिला लिगमा आफूले गरेको पहिलो गोल विश्वकै सर्वकालिक महान फुटबलर डियगो म्याराडोनाप्रति समर्पित गरेकी छन्।

खेलको १४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी साम्बाले सेलिब्रेसन गर्ने बेलामा हातका औलाले एम आकार बनाएर टाउको निहुराउँदै म्यारोडानाप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी थिईन्।

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० गोल अन्तरले पाखा लगाएको हो।

सो खेलमा साम्बाले १४, ६२ र ७३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिईन्। अञ्जली योञ्जन, अनिता बस्नेत र प्रिती राईले एक एक गोल गरे।

प्लेयर अफ दि म्याच समेत बनेकी साम्बाले खेलपछि भनिन्, ‘कोरानाको महामारीकै समयमा म्याराडोनाको मृत्यु भएपछि सबै फुटबलप्रेमी स्तब्ध भएका थियौं, विश्व फुटबलले एउटा महान खेलाडी गुमाउँदा दुःख त लाग्छ नै त्यसैले आजको मेरो पहिलो गोल उहाँ (म्याराडोना) प्रति समर्पित गरेकी हुँ।’

SabitraBhandari Strike

अर्जेन्टिनी आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको गत मंसिर १० गते घरमै रहेका बेला हृदयाघातका कारण निधन भएको थियो।

उनी मस्तिष्कसम्बन्धी समस्याबाट बिरामी थिए। मस्तिष्कमा ब्लट क्लट सर्जरी गरेपछि अस्पतालबाट डिस्चार्ज भएका म्याराडोनाको त्यसको दुई हप्तापछि निधन भएको हो।

विश्वका एक महान खेलाडी म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो। उनले खेल जीवनमा शृंखलावद्ध रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

‘कोरोना भाइरसका कारण करिव १ वर्षपछि मैदान उत्रन पाँउदा खुसी लागेको छ। लामो समयपछि मैदान उत्रदा सुरुको केही समय गाह्रो त भयो तर पछि बिस्तारै लयमा आउँदै गयौं,’ साम्बाले भनिन्, ‘लकडाउनकै बेलामा व्यक्तीगत र पछि टिममै फर्किएर प्रशिक्षण त गरेका थियौं तर प्रतिस्पर्धात्मक रुपमा खेले जस्तो प्रशिक्षणमा हुँदैन।’

अहिले विभागबाहेकका टोली पनि सशक्त भएका कारण कुनैपनि टिमलाई कम आक्न नहुने उनको भनाइ छ।

‘पहिलेकै जस्तो हुन्थ्यो भने १०, १२ गोल सजिलै हान्न सकिन्थ्यो तर अहिले मुस्किलले ६ गोल हान्न सक्यौं,’ उनले भनिन्, ‘आजको खेलमा एपीएफले चन्द्रपुर नगरपालिका, रौतहटलाई ६–० अन्तरले पाखा लगाएको थियो।’

यो पनि: 
राष्ट्रिय महिला लिगः रौतहटको पोष्टमा एपीएफको आधा दर्जन गोल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .