ad ad

खेल


नेमारको बार्सिलोना सपना अधुरो

नेमारको बार्सिलोना सपना अधुरो

नेपालखबर
साउन २०, २०७६ सोमबार ८:२०,

बार्सिलोनाका उप–प्रमुख जोर्डि कार्डोनेरले नेमार यस सिजन बार्सा नआउने स्पष्ट पारेका हुन्। यससँगै नेमारको बार्सिलोना सपना अधुरो बनेको छ।

नेमार बार्सिलोना अनुबन्ध हुने हल्लाकाबीच बार्साका उप–प्रमुख जोर्डि कार्डोनेरले नेमारबारे सिर्जना भएका भ्रमलाई छर्लङ्ग पारेका हुन्।

यद्यपी उनले नेमार पीएसजीमा खुशी नभएको विषयमा सहमति जनाए। किनभने पछिल्लो समय नेमारले आफूलाई बार्सा फर्कन मन लागेको खुलेरै बताउँदै आएका छन्।

टिभीथ्रीसँग बोल्दै उनले भने,‘नेमार, उनी पीएसजीमा खुशी छैनन्। तर अवस्था यस्तो छ कि त्यो विषय पेरिसमै सुल्झाएको राम्रो।’

Image result for Jordi Cardoner

जोर्डि कार्डोनेर

‘आज, यही समयमा हामी औपचारिक घोषणा गर्दछौं, नेमार आगामी दिनमा बार्सा आउन सक्लान्। तर यसपटक मिल्दैन।’

यसअघि इभान राकिटिक र फिलिप कोटिन्हो पीएसजीलाई दिएर नेमार बार्सा ल्याउने हल्ला पनि चलेको थियो।

यस विषयमा उनले भने,‘हामी आफ्ना खेलाडीलाई माया र आदर गर्दछौं। त्यसैले हामी यस्ता विषयमा बोल्च उचित ठान्दैनौं।’ मार्का

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .