पारा क्रिकेट टोलीका कप्तान, बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङले पारा एथलेट अवार्ड प्राप्त गरेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा चेम्जोङ सम्मानित भएका हुन्। ह्विल चियर क्रिकेटमा उनले पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो व्यावसायिक नेपाली पारा खेलाडी बनेका छन्।
नेपालमा गतवर्ष भएको एसियाली ह्विल चियर क्रिकेटमा उनले अलराउन्ड प्रदर्शन गरेका थिए। गतवर्ष पोखरामा भएको पारा टेबल टेनिसमा उनले रजत पदक जितेका थिए।
२१ वर्षको उमेरमा वैदेशिक रोगजारीका लागि कतार पुगेका दिगम ठुलो सडक दुर्घटनामा परेका थिए। ११ महिनाको लामो अस्पताल बसाई पछि २०६६ सालमा स्वदेश फर्केका उनले पारा खेलाडी बन्ने उद्देश्य बनाइसकेको बताएका थिए।

प्रतिक्रिया