खेल


प्रधानमन्त्री कप क्रिकेट छनौटमा बाँके फाइनलमा

प्रधानमन्त्री कप क्रिकेट छनौटमा बाँके फाइनलमा

प्रकाश न्यौपाने
पुस २८, २०७७ मंगलबार ११:४०,

रुपन्देहीको भैरहवामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा मंगलबार समूह ‘ए’को खेलमा कपिलवस्तुले पाल्पालाई २ विकेटले पराजित गरेको छ।

यस्तै लमहीमा भएको समूह ‘बी’ को खेलमा बाँकेले दाङलाई ७ विकेटले पराजित गर्दै यो समूहबाट फाइलन प्रवेश गरेको छ।

सिद्धार्थ रंगशालामा भएको समूह ‘ए’को खेलमा टस जितेर ब्याटिङको गरेको पाल्पाले निर्धारित ३२ ओभरको खेलमा सबै विकेट गुमाएर ९५ रन मात्रै बनायो। जसमा रुपेश बस्याल (बी) र नरेशकुमार सार्कीले समान २२/२२ तथा समीर मल्ले १३ रन बनाए।

उसलाई सस्तैमा रोक्न बलिङमा कपिलवस्तुका वसिर अहम्मदले ४, दुर्गेश कुर्मीले ३, गंगेश हरिजनले २ र रवि शुक्लाले १ विकेट लिए।

जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २८ ओभरमा ८ विकेटको क्षतिमा ९८ रन बनाई लक्ष्य पूरा गर्यो। उसका लागि राज अग्रहरीले २६, रवि शुक्लाले १४ र अमृत पौडेलले १० रनको योगदान गरे। बलिङमा पाल्पाका सुरेश गोदारले र रुपेश बस्याल (ए)ले ३÷३ र श्रीधर बस्यालले २ विकेट लिए। कपिलवस्तुका वसिर अहम्मद म्यान अफ द म्याच भए। भोलि समूह ‘ए’पाल्पा र रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।

यता दाङको लमहीमा भएको खेलमा दाङलाई सात विकेटले पराजित गर्दै बाँके समूह ‘बी’बाट फाइनल पुगेको छ। टस जितेर ब्याटिङमा आएको दाङले २९ दशमलव दुई बलमा सबै विकेट गुमाएर एक सय ११ रन बनाएको थियो। उसका लागि कमल ओलीले २९ र तुल बहादुर थापाले २१ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्। बलिङमा बाँकेका आकाश बिष्ट र दीपेन्द्र रावतले ३–३ विकेट तथा सिद्धार्थ साही र अजय साहनीले दुई–दुई विकेट लिन सफल भए।

एक सय १२ रनको लक्ष्य बाँकेले तीन विकेटको क्षतिमा २३ दशमलव पाँच बलमा पूरा गर्याे। जसमा प्रनिज थापाले ७० र रोहन केसीले २८ रन बनाए। दाङका कमल ओली, तुल बहादुर थापा र राजवीर सिंहले समान एक–एक विकेट लिएका थिए। म्यान अफ दि म्याच प्रनिज थापा घोषित भए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .