खेल


पल्सर स्पोर्ट्स अवार्डः मञ्च र केल्मी नेपालबीच साढे सात लाखको सहप्रायोजन सम्झौता

पल्सर स्पोर्ट्स अवार्डः मञ्च र केल्मी नेपालबीच साढे सात लाखको सहप्रायोजन सम्झौता

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ९:४५,

१७औँ संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले केल्मी नेपालसँग सहप्रायोजन सम्झौता गरेको छ।

शुक्रबार मञ्च र केल्मी नेपालबीच स्पोर्ट्स अवार्डको सहप्रायोजनसम्बन्धी सम्झौता भएको हो। सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र केल्मी नेपालका प्रबन्धनिर्देशक उत्तम न्यौपानेले हस्ताक्षर गरे।

सम्झौताअनुसार सहप्रायोजक केल्मी नेपालले ७ लाख ५० हजार रुपैयाँबराबरको सहयोग गर्नेछ। केल्मीले एक सय थान विन ज्याकेट, एक सय थान पोलो टी–सर्ट र ३५ सेट गिफ्ट ह्याम्परमा कार्यक्रमको लोगो प्रिन्टसहित उपलब्ध गराउनेछ।

अवार्डका लागि पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ। पिपल्स च्वाइस विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन्। मनोनयनमा पर्ने खेलाडीहरुको भोटिङ भइरहेको छ।

वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन्। महिलातर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका हुन्।

वर्ष युवा खेलाडीको मनोनयनमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन्। वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्। विजेताको घोषणा सोही दिन हुनेछ।

अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि, सह–प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान, टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङसंग सहकार्य रहेको छ।

स्पोर्टस् अवार्ड मगंलबार ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमिभर्चुअल रुपमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad