राजनीति


प्रतिनिधि सभा पुनःस्थापना हुँदैन, वैशाखमा चुनाव हुन्छ : प्रधानमन्त्री

प्रतिनिधि सभा पुनःस्थापना हुँदैन, वैशाखमा चुनाव हुन्छ : प्रधानमन्त्री

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ९:३८,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाः कुनै पनि हालतमा पुनःस्थापना नहुने भन्दै देश चुनावमा गइसकेको बताए।

शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने बताए।

उनले आफू ६४ प्रतिशतको प्रधानमन्त्री हुँदा संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको भन्दै कुनै पनि हलतमा पुनःस्थापना नहुने दावी गरेका हुन्।

'६४ प्रतिशतको प्रधानमन्त्रीलाई देशका लागि काम गर्न दिएनन्। त्यसैले ताजा जनादेशमा जनाका लागि प्रतिनिधिसभा विघटन गरेको हुँ,’, उनले भने, ‘अब प्रतिनिधि सभा पुनःस्थापना हुने अर्को विकल्प छैन। अर्को विकल्प भनेको चुनावपछि आउने प्रतिनिधि सभा नै हो।’

उनले निर्वाचनका लागि वैशाख १७ र २७ गरी दुई वटा मिति घोषणा भइसकेको बताउँदै सोही मितिमा चुनाव गराउनका लागि निर्वाचन आयोग तयारीमा लागिसकेको जानकारी दिए।

‘चुनावका लागि वैशाखमा दुई मिति घोषणा गरिएको छ, १७ र २७। सोही मितिका चुनाव गराउने तयारीमा निर्वाचन आयोग लागिसेको छ’, उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, चुनाव हुन्छ।’

प्रधानमन्त्री ओलीले चुनावमा गलत र राष्ट्रघाती तत्वलाई तलैबाट तह लगाउन जनतालाई आग्रह समेत गरे।

‘खराब तत्वहरुलाई तलैबाट हत लगाउनुहोस्, माथि गए भने तिनले फेरि समस्या पार्छन, दुःख दिन्छन्’, उनले भने, ‘तिनीहरुलाई तह लगाउनु भनेको भोट नहाल्नु हो, मत नदिनु हो, नदिनुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad