खेल


बिगबास लिगः मेलबर्न स्टारसँग सन्दीपको टोली पराजित

बिगबास लिगः मेलबर्न स्टारसँग सन्दीपको टोली पराजित

नेपालखबर
पुस २०, २०७७ सोमबार ८:४६,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स मेलबर्न स्टारसँग पराजित भएको छ। आज भएको खेलमा मेलबर्नले हरिकेन्सलाई १० रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको मेलबर्नले हरिकेन्सलाई १८४ रनको लक्ष्य दिए पनि २० ओभरको खेलमा ६ विकेट गुमाएर १७३ रनमात्रै बनाउन सक्यो।

हरिकेन्सको इनिङमा बीआर म्याक डर्मोटले ५८ बल खेल्दै ९१ रनको पारी खेलेका थिए। त्यसबाहेक डीजेएम शर्टले १३ बलमा ८, डीजे मालनले २२ बलमा २६ रन, सीए इन्ग्रामले १३ बलमा १७ रन, टीएच डेभिडले ३ बलमा २ रन, पीएसपी ह्यान्ड्सकम्बले ९ बलमा २१ रन मात्रै जोडे भने एनटी एलिस र जे बोथाले क्रमशः २ र १ रनमा नटआउट रहे।

बलिङतर्फ हरिकेन्सका रिले मेरेडिथले २ विकेट, नाथन एलिसले ३ विकेट र सन्दीप लामिछानेले १ विकेट लिए। चार ओभर बलिङ गरेका लामिछानेले ३६ रन खर्चिएर एक विकेट झारेका हुन्।

त्यस्तै मेलबर्नका मार्कस स्टोइनिसले ५५ बलमा ९७ रन बनाउँदै टोलीलाई जित दिलाए। त्यसबाहेक निकोलस पुरनले २१ बलमा २६ रन, हिल्टन कार्टराइटले २४ बलमा ३६ रन र आन्द्रे फ्लेचरले चार बलमा १० रन जोड्नुबाहेक अरु ब्याट्समानले उल्लेख्य रन जोड्न नसके पनि हरिकेन्सलाई हराउन सफल भयो।

बिगबास लिगमा होबार्टको १८ अंक र मेलबर्नको १५ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .