मेगइरलाई विश्व कीर्तिमानी ८० मिलियन पाउण्डमा यूनाइटेडले अनुबन्ध गर्न लागेको हो। डिफेन्डरका लागि कुनैपनि क्लबले तिर्न लागेको यो सबैभन्दा बढी रकम हो।
यसअघि २०१८ को जनवरीमा भिर्जिल भान डिजेकलाई साउथहप्टनबाट सर्वाधिक महँगा डिफेन्डर बनाउँदै लिभरपुलले ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो।
२६ वर्षिय मेगइरको यसै हप्ता स्वास्थ्य परिक्षण हुने बीबीसीले जनाएको छ। उनी यूनाइटेडका यस सिजनमा भित्र्याउन लागेको तेस्रो खेलाडी हुन्। यसअघि यूनाइटेडले आरोन वान बिसाका र ड्यानियल जेम्सलाई अनुबन्ध गरिसकेको छ।
सन् २०१७ मा हल सिटीबाट आएका मगुइरले लेस्टरबाट प्रिमियर लिगका ६९ खेल खेलेका थिए।

प्रतिक्रिया