ad ad

खेल


प्रधानमन्त्री कप महिला क्रिकेटः प्रदेश १ द्वारा रुबिनाको कप्तानीमा टोली घोषणा

प्रधानमन्त्री कप महिला क्रिकेटः प्रदेश १ द्वारा रुबिनाको कप्तानीमा टोली घोषणा

नेपालखबर
पुस ८, २०७७ बुधबार ७:५३,

दाङमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ ले रुबिना क्षेत्रीको कप्तानीमा टोली घोषणा गरेको छ।

प्रदेश १ क्रिकेट संघले बुधबार राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी रुबिनाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

१४ सदस्यीय टोलीमा टोलीमा काजल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता राई, सवनम राई, ज्योती दनवार, नंग्मा तामाङ, निशा शाह, लकिता राजवंशी, अलिशा खडिया, स्मृति कटबाल, संगम तामाङ र जमुना कार्की रहेका छन्।

वैकल्पिक खेलाडीमा पायल मगर, टीका शाह, सलिना तामाङ, अनुशा जैसवाल र भिमा कुवर रहेका छन्।

प्रतियोगिताका लागि यसअघि लुम्बिनी र गण्डकी प्रदेशले टोली घोषणा गरिसकेका छन्। प्रतियोगितामा विभागीय टोली (एपीएफ) र ७ प्रादेशिक टोलीको सहभागिता रहनेछ।

समूह एमा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश तथा समुह बीमा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेका छन्।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

समूह ए को विजेता र समुह बी को उपजेताले पहिलो सेमिफाइनल खेल खेल्नेछन्। समूह बीको विजेता र एको उपविजेता दोस्रो सेमिफाइनलमा भिड्नेछन्।

यही पुस ११ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .