ad ad

राजनीति


नेकपा (प्रचण्ड–नेपाल पक्ष) संसदीय दलको बैठक सुरु, ओलीलाई हटाएर प्रचण्डलाई नेता चयन गरिने

नेकपा (प्रचण्ड–नेपाल पक्ष) संसदीय दलको बैठक सुरु, ओलीलाई हटाएर प्रचण्डलाई नेता चयन गरिने

नेपालखबर
पुस ८, २०७७ बुधबार ७:४९,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनमा सुरु भएकाे छ।

नेकपा संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाई उनको ठाउँमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्न सो बैठक गरिएको हो।

पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बैठक सुरु भइसकेको जानकारी दिएका छन्।

नेकपाको प्रचण्ड–नेपाल पक्षको मंगलबार बसेको केन्द्रीय समिति बैठकबाट पार्टीको अध्यक्ष पदबाट पनि ओलीलाई हटाई माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

नेकपाको मौजुदा ४४७ मध्ये ३१५ जना केन्द्रीय समिति सदस्य उपस्थित रहेको सो बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको उनीहरुले जनाएका छन्।

ओलीलाई हिजो अध्यक्ष पदबाट हटाएकाे प्रचण्ड–नेपाल पक्षले आज बुधबार संसदीय दलबाट पनि हटाउन लागेकाे हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .