ad ad

खेल


मेस्सीले तोडे पेलेको कीर्तिमान

मेस्सीले तोडे पेलेको कीर्तिमान

नेपालखबर
पुस ८, २०७७ बुधबार ०:३३,

अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्।

योसँगै उनले एक क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान बनाएका पेलेभन्दा अगाडि भएका छन्।

मंगलबार रियल भालाडाेलिडसँगकाे खेलमा दोस्रो हाफमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई ३-० को जित गराएका हुन्। 

यसअघि पेलेले सान्तोस क्लबका लागि ६४३ गोल गरेर कीर्तिमान कायम गरेका थिए। उनले सान्तोस क्लबका लागि सन् १९५६ देखि १९७४ सम्म खेलेका थिए।

तर ३३ वर्षीय मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गेरसँगै त्यो रेकर्ड तोडिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .