बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि त्यहाँबाट नेपाल आउन प्रतिबन्ध लगाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना निकालेर आज (बुधबार) राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि बेलायतबाट नेपाल आउन रोक लगाएको हो।
बेलायतमा कोरोना भाइरसले नयाँ रूप लिँदै तीव्र गतिमा फैलिन थालेपछि विश्वभर चिन्ता बढेको छ।
यसैकारण नेपाल भारतलगायत ४० भन्दा बढी देशले त्यहाँ आवतजावत बन्द गराइसकेका छन्।
तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने महामारीका बेला भाइरसले रूप फेर्नु सामान्य प्रक्रिया भएको भन्दै यो नियन्त्रण बाहिर नरहेको दाबी गरेको छ।
प्रतिक्रिया