यस सिजनमा उनले टी–१० लिगमा संरक्षकको भूमिका निर्वाह गर्ने पनि अबुधाबी टिमले जानकारी दिएको छ।
यसअघिको सिजनमा पारस टिम अबुधाबीको खेलाडीको रूपमा मात्र थिए।
तर अबभने पारसले यस टीममा उदयमान युवा प्रतिभा खेलाडीलाई टी–१० खेल्ने अवसर प्रदान गर्नेछन्।
यसरी नेपाली क्रिकेटका युवा खेलाडीले मौका पाउने सम्भावना बढी रहेको देखिन्छ। पारसले पनि शनिबार आफ्नो ट्वीटमा सोही विषय संकेत गर्न खोजेका छन्।
— Paras Khadka (@paras77) December 19, 2020Excited with my new role with @TeamADCricket and looking forward to it.
Hopefully will get to build on this for Nepal cricket to grow at international level through cricketing
tie-ups and more opportunities for our cricketers through Team Abu dhabi.
Let’s do this.👊🏻👊🏻@T10League pic.twitter.com/8B7lfybUW0
आफूलाई आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेकोमा खुशी व्यक्त गर्दै पारसले ट्वीटरमा आफ्नो नियुक्तीले नेपाली युवा खेलाडीलाई अवसरहरु प्रदान गर्ने बताएका छन्।
उनले आफूले पाएको मौकालाई नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा विकास हुनेगरी काम गर्ने पनि बताएका छन्।
दुबईमा हुने टी–१० लिगको यस सिजनको खेल जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुनेछ।

प्रतिक्रिया